काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकाको एक सहकारीमा चोरी भएको छ । परशुराम नगरपालिका वडा नम्बर ४ कटालमा रहेको शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख २४ हजार ४ सय ९६ रकम चोरी भएको हो ।
गत शुक्रबार देखी कार्यालय बन्द रहेको थियो । आइतबार बिहान कार्यालय खोल्दा उक्त घटना भएको पाइएको हो । कार्यालयको पछाडी पट्टीको झ्याल फोडेर चोर कार्यालयभित्र पसेको हो ।
स्रोतका अनुसार चोरले कार्यालयभित्र पैसा राखिएको सेबबोल्डको चाबीसमेत फेला पारेको पाइएको छ । सेबबोल्डको लक चाबीले खोलेर चोरले ११ लाख २४ हजार ४ सय ९६ रकम लगेर फरार भएको छ ।
साथै चोरले सिसिटिभि क्यामेराको रेकर्ड डिभाईस पनि लगेर गएको छ । चोरीको घटना संकास्पद रहेको उक्त सहकारी संस्थाका एक जना शेयर सदस्यले बताएका छन् । उनले चोरले सेबबोल्डको चाबी भेटाउनु बाटै घटना संकास्पद रहेको दाबी गरे ।
‘चोर बाठो रहेछ । सहजै सेबबोल्डको चाबी भेटाए छ , घटनाको सुक्ष्म अनुसन्धान हुनुपर्छ । गरिब किसानले एक-एक गरेर जम्मा गरेको पैसा चोर्ने चोर चाँडै पक्राउ परोस्’, उनले भने ।
अघिल्लो वर्ष समेत यस सहकारीको कार्यालयमा चोरीको प्रयास भएको थियो । राती चोरीको प्रयास गर्दा गाउँलेहरुले थाहा पाएपछि चोर फरार भएको थियो । तर, यस वर्ष भने चोरले चाेरी गर्न सफल भएको छ । त्यहि पनि घटना संकास्पद रहेको छ । गरिब किसानले जम्मा गरेको पैसा खुलेआम चोरी भएपछि शिर्ष साना किसान कृषि सहकारी संस्थामाथि नै प्रश्न उठ्न थालेको छ ।




प्रतिक्रिया