काठमाण्डु – क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले गौशाला–२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन आदेश दिएको छ ।
अदालतका न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता उपलब्ध गराउन आदेश दिएको हो ।
आदेशमा उल्लेख छ, ‘जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नका लागि दिएको निवेदनको सक्कलै प्रति एवं जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति तादी गाउँपालिका वडा नम्बर २ को कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्नुहोला ।’
गौशाला–२६ को बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका सन्दीपलाई अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालय र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दीपले दिएको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आजदेखि सुनुवाइ थालेको थियो ।
सोमबार २ जना सरकारी वकिल र सन्दीपको तर्फबाट १ जनाले बहस गरेका छन् । गत पुस १३ गते जिल्ला अदालत काठमाण्डुका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो ।




प्रतिक्रिया