एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार उनलाई पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौरले बताए ।

उनका अनुसार लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरि अदालत पेश गर्ने तयारी गरिरहेको छ ।ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन्।