कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन : उच्च मनोबलका साथ काम गर्नू

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन : उच्च मनोबलका साथ काम गर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानूनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमको पाँचौं केन्द्रीय अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले पछिल्लो समय कर्मचारीमा त्रासको मनोविज्ञान देखिएकाले यसलाई हटाउनुपर्ने बताइन् ।

‘विभिन्न नियमनकारी निकायले निगरानी बढाएको कारण देखाउँदै पछिल्लो समय कर्मचारीले गर्नैपर्ने काममा पनि डराउने गरेको देखिएको छ,’ उनले भनिन्, ‘तपाईं कर्मचारीले नडराएर नबिराएर उच्च मनोबलका साथ काम गर्नुपर्छ, कसैले पनि गल्ती गरिएन र कानूनको परिधिभित्र रहेर काम गरियो भने कुनै समस्या आउँदैन ।’

गल्ती गर्ने हो भने राजनीतिक वा प्रशासनिक जुनसुकै क्षेत्रमा रहेका व्यक्ति कुनै पनि बेला सजायको भागिदार बन्नुपर्ने भए पनि गल्ती नगर्नेहरू डराउन नपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘बेइमानी नगरौं, बदमासी नगरौं तर कानूनको परिधिभित्र रहेर काम गर्न नडराऔं । हामीलाई कतै सोधपुछ हुन्छ कि भन्ने बहानामा कर्मचारीले काम नगर्ने हो भने सुशासन र सेवा प्रवाह झन् कमजोर हुने भएकाले म सबै कर्मचारी साथीलाई कानूनको परिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्छु ।’