काठमाण्डु – परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल संयुक्त राष्ट्र संघले आयोजना गर्न लागेको चौथो साना टापु विकासशील मुलुकको अन्तर्राष्ट्रिय सम्मेलन (एसआईडीएस–४) मा सहभागी हुन शुक्रबार एन्टिगुवा प्रस्थान गरेकी छन् ।
एन्टिगुवा र बर्मुडामा जेठ १४–१७ गतेसम्म हुने सम्मेलनमा उनी कम विकसित मुलुकहरू (एलडीसी) को ग्लोबल कोअर्डिनेसन ब्यूरो समूहको अध्यक्षको रूपमा सहभागी हुनेछिन् ।
सम्मेलनमा उनले अध्यक्षको हैसियतमा मन्तव्य राख्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।




प्रतिक्रिया