विद्युत नियमन आयोग गठनकाे प्रक्रिया अगाडि बढ्याे, ऊर्जामन्त्रीले गठन गरे समिति

विद्युत नियमन आयोग गठनकाे प्रक्रिया अगाडि बढ्याे, ऊर्जामन्त्रीले गठन गरे समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विद्युत नियमन आयोगका पदाधिकारी सिफारिसका लागि समिति गठन गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले मन्त्रालयका सचिव डाक्टर संजय शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन्।

सदस्यमा विद्युत विज्ञ डा. मेघबहादुर विश्वकर्मा र  सदस्य सचिवमा (कानुन हेर्ने सहसचिव ) तोयानाथ अधिकारी रहेका छन्।

गठित समितिले विद्युत नियमन आयोग ऐन २०७४ को दफा ५ बमोजिम गठन हुने विद्युत नियमन आयोगको अध्यक्षलगायत चार जना सदस्यहरुको सिफारीस गर्नेछ।