काठमाण्डु- सरकारले अमेरिकादेखि भारतसम्मका ८ राजदूत तत्काल फिर्ता बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने तयारी भएको छ ।
भोलि सोमबार वा मंगलवार बस्ने मन्त्रिपरिषद् बैठकबाट ८ राजदूतलाई फिर्ता बोलाउने तयारी भएको जनाइएको छ । स्रोतका अनुसार राजदूत फिर्ता बोलाउने सम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयले तयार गरेको छ ।
सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुर्याल (भण्डारी), कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल र फिर्ता बोलाउने स्रोतले जनाएको छ ।
पोर्चुगलका लागि नेपाली राजदूत शनिल नेपालको नियुक्ति समेत रद्द गर्ने सरकारको तयारी छ । उनलाई तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता ज्ञानेन्द्र कार्कीको अख्तियारको मुद्दा मिलाउन नयां दूतावास खोलेर नै राजदूत नियुक्त गर्ने निर्णय गरेपनि थप प्रक्रिया भने अघि बढेको थिएन ।
परराष्ट्रका सहसचिव भएपनि राजनीतिक कोटामा जापानका लागि नेपाली राजदुत नियुक्त भएका आरजु देउवा निकटका दुर्गाबहादुर सुवेदीलाई पनि फिर्ता बोलाउने सरकारको तयारी रहेको स्रोतले बतायो ।




प्रतिक्रिया