सेनाका भावी प्रधानसेनापति सिग्देलले बनाए कोर ग्रुप,जर्नेल पूर्ण खत्रीले पाए जिम्मेवारी

सेनाका भावी प्रधानसेनापति सिग्देलले बनाए कोर ग्रुप,जर्नेल पूर्ण खत्रीले पाए जिम्मेवारी


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा सैनिक सेवाबाट अनिवार्य अवकास पाउंदैछन् । सेनाको परम्पराअनुसार प्रधानसेनातिबाट अवकास पाउनु एक महिनाअघि साउन २४ मा उनि बिदामा बस्नुपर्ने हुन्छ ।

शर्मा बिदामा बस्नुअघि नै उनले आफ्ना उत्तराधिकारी जर्नेललाई राष्ट्रपति,प्रधानमन्त्री र रक्षामन्त्रीलाई औपचारिक रुपमा नै परिचय गराउनुपर्ने सेनाको प्रचलन छ । त्यतिमात्र हैन सेनामा उनको टिमलाई बिस्तारै कोर ठाउंमा ल्याउन समेत गृहकार्य गर्नुपर्ने हुन्छ ।

सेनामा शर्मापछि वरियतामा अहिले बलाधिकृतरथी अशोकराज सिग्देल सेनापति बन्ने लाइनमा छन् । सेनाको दुई रथीमा सिग्देलसंगै रथी निर्मल थापा छन् । थापा अहिले फोर्स कमाण्डरका रुपमा ‘अनडफ’ मिसनमा कार्यरत छन् ।

त्यसपछि उपरथी सन्तोषबल्लभ ढकाल र बाबुराम श्रेष्ठ छन् । ढकाल पनि भदौ ११ मा अवकास पाउने भएकाले साउन २६ मा विदामा बस्नेमा छन् । त्यसपछि सेनाको तीन तारे बन्नेमा श्रेष्ठ लाइनमा छन् । उनि हाल शिवपुरीस्थित स्टाफ कलेज कमाण्डेटका रुपमा कार्यरत छन् ।

प्रधानसेनापति शर्माले यसअघि रथी बढुवामा बिवाद भएपछि सेनाका तत्कालिन रथी सिताराम खड्काको अध्यक्षतामा छानविन समिति नै गठन गरेका थिए । त्यही समितिले सिग्देललाई रथीमा बढुवा गरिसकेको छ । सिग्देलको डकुमेण्टमा विवाद भएको भनिएपनि उक्त समितिले नै उनको सबै विवरण ठिक रहेको भन्दै रथीमा बढुवा गरेको थियो । अहिले सिग्देलको फेरी कैफियत भएको भन्दै सेनामा हलचल सुरु भएको छ ।

जवकी उनको रथीमा बढुवा गर्दा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल नै प्रधानमन्त्री थिए भने सेनापति शर्मा नै थिए । सिग्देललाई प्रधानसेनापति हुन रोक्न सेनाका ढकाल थरका जर्नेल लागेको चर्चा सैनिक मुख्यालयमा छ । सेनामा प्रधानसेनापति बन्नको लागि सेनापतिले नै नाम सिफारिस गर्नुपर्ने नियम छ ।

दुई महिनापछि प्रधानसेनापति बन्ने लाइनमा रहेका सिग्देल अहिले सैनिक मुख्यालयमा सक्रिय भइसकेको स्रोत बताउंछ । अहिले महत्वपूर्ण जाहेरी समेत उनी कहां जान थालेको छ । प्रधानसेनापति शर्माले आफ्ना उत्तराधिकारी सिग्देललाई विस्तारै ग्रुम गर्न थालिसकेका छन् ।

सेनामा हुने पोष्टिङमा समेत उनको सिफारिसले काम गर्न थालिसकेको छ । सिग्देलकै चाहनाअनुसार अहिले प्रधानसेनापतिको सैनिक सहायक भनेर चिनिने सल्लाहकारमा समेत सहकायरथी पुर्ण खत्री आइसकेका छन् । प्लानिङ ग्रुपमा सहायकरथी पवन खत्री र महासेनानी राजेश खकुरेल छन् ।पवनलाई सैनिक सचिवमा ल्याईने चर्चा छ । सहायकरथीहरु मानबहादुर महरा, टंक भट्ट, द्रव्य भण्डारी र महासेनानी दिलविक्रम सुब्बालाई समेत महत्वपूर्ण जिम्मेवारी पाउनेमा छन् ।

सिग्देल सेनापति भएर आउनेवित्तिकै भर्खरै दुई तारेमा बढुवा भएका अनुपजंग थापा द्रुर्तमार्ग हेर्ने गरी हेटौडामा पृतनापति भएर जानेमा छन् भने सुदुरपश्चिमका पृतनापति उपरथी गणेश श्रेष्ठ सम्भारथीमा आउनेमा छन् । सिग्देलका कोर टिममा रहेका उपरथी दीपक वानियां समेत सम्भार जान कस्सिएका छन् । सुर्खेतमा पृतनापति रहेका कृष्णदेव भट्टले समेत महत्वपूर्ण जिम्मेवारी पाउने सम्भावना छ ।