काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले एउटा प्रश्न टिपाएर अर्कै प्रश्न सोधेको भन्दै जवाफ दिन सकेनन् । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा आज ‘सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तर’ कार्यक्रम राखिएको थियो ।
पूर्वनिर्धारित कार्यक्रममा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसदहरूले संघीय संसद सचिवालयलाई प्रश्न उपलब्ध गराएका थिए । त्यसमा एउटा नम्बरको प्रश्न उल्लेख भएको र अहिले अर्कै नम्बरको प्रश्न सोधिएको भन्दै प्रधानमन्त्री दाहालले उत्तर दिन नसकेका हुन् ।
एमालेका सांसद तारा लामा तामाङले सोधेको प्रश्नको उत्तर दिन नसकेका हुन् । ‘माननीय तारा लामा तामाङले चार वटा प्रश्न राख्नु भयो । तर यहाँ प्रश्न नं ८ भनेर राखिएको छ । यसलाई पनि अल्ली व्यवस्थापन गर्नु पर्ने हो कि भन्ने मैले महसुस गरे,’ प्रधानमन्त्री दाहालले सांसद तामाङले प्रश्न सोधेपछि भनेका थिए ।
प्रधानमन्त्री दाहालले जनताका समस्या समाधान गर्न सरकार दृढ रहेको जानकारी गराउन चाहन्छु भनेर प्रश्नको उत्तर टुंग्याएका थिए ।
सांसद लामाले सोधेका थिए, ‘तत्कालिन सरकारले २०५८ सालमा शुक्लाफाटा बन्यजन्तु आरक्षणबाट शुक्लाफाटा राष्ट्रिय निकुञ्ज विस्तार गर्ने क्रममा सयौँ परिवार घरबारबीहिन भएका छन् । पीडितले २२ वर्ष बित्दासम्म उचित क्षतिपूति र सट्टाभर्ना पाउन सकेका छैनन् । अहिलेसम्म सरकारले ३२ आयोग बनाइसक्दा पनि समस्या समाधान नभएकोले अत्यन्त नाजुक अवस्थामा धक्कासिरीलगायत कञ्चनपुरको अन्य क्षेत्रका आशै आशमा बसेका जनताको समस्या समाधान गर्न सरकारले अधिकार सम्पन्न आयोग बनाएर सयौँ पीडितलाई के न्याय दिने योजना छ ?’




प्रतिक्रिया