रौतहट – जिल्लाको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले १४ लाख ८० हजार नेपाली रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका व्यक्ति भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ वर्षीय युवक रहेका छन् ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाले नियन्त्रणमा लिएको छ ।
बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपातलर्फ आउँदै गरेका उनलाई विशेष सूचनाको आधारमा खटिएकोे सुरक्षा फौजले जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाइछिपाई ल्याउँदै गरेको रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ । बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य २ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।




प्रतिक्रिया