सुर्खेत – बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ ।
अर्थमन्त्री महेन्द्र केसीले ल्याएको बजेटमा कांग्रेसले असन्तुष्टि पोख्दै आएको छ । बिहीबार सभामुख नन्दा गुरुङले प्रदेशसभा बैठकको कारबाही प्रारम्भ नगर्दै कांग्रेस सांसदहरूले बहिष्कार गरेका छन् ।
कांग्रेसले बहिष्कार गरेपछि सभामुख गुरुङले प्रदेशसभा बैठक असार १२ गतेसम्मका लागि स्थगित गरेकी छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद बेदराज सिंहले सरकारले रकम एउटै ठाउँमा थुपारेको, १५ लाखमुनिका योजना तर्जुमा गर्ने, विकट पालिकामा विशेष अनुदान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।




प्रतिक्रिया