काठमाण्डु – लद्दाखको दशगजा नजिकै आएको बाढीमा ५ भारतीय सैनिकको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको हो । रक्षामन्त्री राजनाथ सिंहले ५ सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाम्रा बहादुर सिपाहीहरूले देशका लागि गरेको अनुकरणीय सेवालाई हामी कहिल्यै बिर्सने छैनौं । यस दुःखद घडीमा ती सैनिकहरूका परिवारसँग उभिने छौं । यो घडीमा सिंगो देश उहाँहरूको साथमा छ ।’
सैनिकहरूले अभ्यास गर्ने क्रममा नदी तर्दा दुर्घटना भएको हो । नदीमा पानीको सतह एक्कासि बढ्दा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।




प्रतिक्रिया