रौतहट – जिल्लाको दुर्गा भगवती गाउँपालिका–४ मा आगलागीबाट विभिन्न ६ लाख ६० हजारको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय भुटा राय यादवको घर र गोठमा बुधबार राति आगलागी हुँदा घर र गोठ पूर्ण रूपमा जलेर करीब ६ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया