काठमाण्डु – सिराहामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
जिल्लाको गोलबजार नगरपालिका–५ निपाने टोल बस्ने ७२ वर्षीय कपिलदेव साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरनजिक रहेको चापा कलमा जडान गरिएको इलेक्ट्रिक मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वर्धमान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी बस्ने ४० वर्षीय श्यामसुन्दर यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । खेतमा जडान गरेको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया