काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि आईतबार संसदीय दलको बैठक बोलाएको छ ।
बैठकमा संसद्को बाँकी कामकारबाही लगायत समसामयिक विषयमा छलफल हुने सचेतक निशा डाँगीले बताइन् ।
बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । उनले भनिन्, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पनि बैठकमा छलफल हुनेछ ।’




प्रतिक्रिया