एकीकृत समाजवादीको प्रथम केन्द्रीय कमिटी बैठक भोलिसम्म स्थगित

एकीकृत समाजवादीको प्रथम केन्द्रीय कमिटी बैठक भोलिसम्म स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीको प्रथम बैठक भोलि आईतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

बैठकले दशौं राष्ट्रिय महाधिवेशनको प्रारम्भिक समीक्षा गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । बैठकले अर्को व्यवस्था नहुञ्जेलसम्म पुरानै जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको उनले बताए ।

आईतबार बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने बताइएको छ ।