काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वास मत दिने भएको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
दाहालले असार २८ गतेको प्रतिनिधि सभा बैठकमा विश्वास मत लिन संघीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् ।
‘सुन्दैछौं असार २८ गते सरकारले विश्वास मत लिन्छ। स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वास मत प्राप्त गर्दैन। सरकार ढल्छ,’ खतिवडाले भने,‘‘हामी सरकारलाई विश्वास मत दिन्छौं।’
यसअघि गत शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री दाहालसँग छलफल गरेपछि अध्यक्ष माधवकुमार नेपालले पनि सरकारलाई विश्वास मत दिने बताएका थिए।
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार बनाउने सहमति भएको छ । तर, एकीकृत समाजवादी यो गठबन्धनमा सामेल नहुने निर्णय गरिसकेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।




प्रतिक्रिया