भोलिदेखि वर्षाको मात्रामा केही कमी आउने

भोलिदेखि वर्षाको मात्रामा केही कमी आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि मनसुनको सक्रियतामा कमी आउने जनाउको छ ।

आइतबार महाशाखाले मनसुन विशेष मौसम बुलेटिन जारी गरेर नेपालमा मनसुनको सक्रियतामा कमी आइ भोलिदेखि वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको जानकारी दिएको हो।

न्यून चापिय रेखा भोलिदेखि क्रमिक रूपमा दक्षिण तिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने छ। जसअनुसार भोलिदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।