आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेकाे छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले केही प्रदेशमा बिहानैदेखि वर्षा सुरु भएको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

धेरैजसो स्थानमा बदली हुँदा कोसी,मधेस,वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले राति देशभर साधारणदेखि पूर्णतया बदली रहने जनाएको छ । कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।