काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदबाट बर्खास्त भएका डा. मुकुल ढकालले ‘रवि लामिछाने क्लव’ बाट निष्कासित भएको बताएका छन् । मंगलबार रास्वपाले उनलाई बर्खास्त गरेलगत्तै मुकुलले सामाजिक सञ्जालबाट उक्क टिप्पणी गरेका हुन् ।
‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।




प्रतिक्रिया