सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन : महामन्त्री शर्मा

सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन : महामन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै आफ्नो पार्टीमा सत्य बोल्दा कसैले कारबाही भोग्नुनपर्ने बताएका छन् ।

‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ। यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु पर्दै,’ उनले सामाजिक संञ्जालमार्फत भनेका छन् ।

पार्टी नेतृत्वको आलोचना गर्दै समीक्षा प्रतिवेदन तयार गरेको आधारमा रास्वपाले महामन्त्री मुकुल ढकाललाई पदीय जिम्मेवारीबाट बर्खास्त गरेको थियो । सोहीतर्फ लक्षित गर्दै शर्माले प्रश्न, आलोचना र विरोध सहज ग्रहण गर्नुपर्ने बताए । ‘प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखी यो समयसम्म कांग्रेस जीवन्त छ र रहिरहनेछ, रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी ’ उनले भने ।