प्रधानमन्त्री ओली आज सम्पादकहरुसँग कुराकानी गर्दै

प्रधानमन्त्री ओली आज सम्पादकहरुसँग कुराकानी गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्रीको कार्यालयले सम्पादकहरुलाई संवादका लागि दिउँसो २ बजे सिंहदरबार बोलाएको छ ।

सरकारलाई सुझाव दिनका लागि प्रधानमन्त्रीले सम्पादकसँगको कार्यक्रम आयोजना गरेको एमाले प्रचार विभागले जनाएको छ ।

विभागका सचिव गगन विष्टले सरकारको आगामी भूमिका, सरकारले गर्नुपर्ने काम तथा वर्तमान राजनीतिक परिस्थितीका विषयमा प्रधानमन्त्री ओलीले सम्पादकको सुझाव लिने बताए ।