न्याय सेवाका सचिव अधिकारीले दिए राजीनामा

न्याय सेवाका सचिव अधिकारीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । २८ मंसिरमा ५८ वर्षीय उमेर हदले अवकाश पाउने भए पनि उनले पाँच महिनाअगावै राजीनामा दिएका हुन् ।

अधिकारी हाल नेपाल कानून आयोगमा सचिवमा कार्यरत छन् । उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको छ ।

सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।

उनले लामो समय सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवका रुपमा काम गरेका थिए ।