शंकरदास बैरागीले दिए सुरक्षा सल्लाहकारबाट राजीनामा

शंकरदास बैरागीले दिए सुरक्षा सल्लाहकारबाट राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा दिएका छन् । पूर्वमुख्यसचिव बैरागीले गत आइतबार नै पदबाट राजीनामा दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ ।

भारतको राजदूत बन्न प्रयास गरिरहेका बैरागीले राजदूत बन्नकै लागि राजीनामा दिएको निकटस्थहरू बताउँछन् । तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गर्दा उनको नाम परेन ।

सरकारले भारतका लागि वर्तमान राजदूत डा. शंकर शर्मालाई नै निरन्तरता दिएको छ । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले शर्मालाई भारतबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । तर सत्तासमीकण फेरिएपछि नयाँ सरकारले शर्मालाई थमौति गरेर राजदूतमा निरन्तरता दिएको हो ।

यो पनि पढ्नुहोस् : सबैका ‘प्रिय’ शंकरदास वैरागी किन राजदूत सिफारिसमा चिप्लिए ?