कर्णालीमा आज कांग्रेसबाट ४ मन्त्रीले शपथ लिँदै

कर्णालीमा आज कांग्रेसबाट ४ मन्त्रीले शपथ लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-कर्णाली सरकारमा कांग्रेसका चार मन्त्रीले आज शपथ लिँदैछन् ।

मुख्यमन्त्री यामलाल कँडेलले चार मन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेकाले आज दिउँसो शपथ हुन भएको हो ।

प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यतालिका तय भएको जनाएको छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जन मन्त्रीको नाम पठाएको थियो ।

सरकारमा सहभागी हुनेमा आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजय बुढा छन् ।