कर्णालीका चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

कर्णालीका चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

आज कांग्रेसका तर्फबाट ४ जना मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ खाएका हुन्। सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालय पठाएको थियो।

राजीवविक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गर्नेछन्।