गुडिरहेको माइक्रोमाथि रुख खस्दा ७ जना यात्रु घाइते

गुडिरहेको माइक्रोमाथि रुख खस्दा ७ जना यात्रु घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् ।

धादिङबेंसीबाट काठमाण्डु आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो। पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

उनीहरुको परिचय खुलिसकेको छैन ।

माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।