काठमाण्डुमा अस्पताल भवनको छतबाट हाम्फालेका युवकको मृत्यु

काठमाण्डुमा अस्पताल भवनको छतबाट हाम्फालेका युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट छतबाट हाम्फालेका १ युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्य छन् ।

शनिबार दिउँसो करीब ३ बजे आचार्य त्रिवि शिक्षण अस्पतालमा रहेको सेन्टरको भवनबाट उनले हाम्फालेका थिए । भवनको छैटौं तलामा रहेको एस क्याफेको छतको रेलिङबाट हाम्फालेर उनी घाइते भएका थिए ।

तत्काल उपचारका लागि उनलाई हस्पिटलको इमर्जेन्सीमा लगिएकोमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।