प्रहरीमा ३० वर्षे सेवाअवधि कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश

प्रहरीमा ३० वर्षे सेवाअवधि कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतले प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरी नियमावलीको प्रावधान कार्यान्वयन नगर्न आदेश दिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ समेतले वारिसमार्फत बुधबार दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले सरकारमाथि गम्भीर प्रश्न तेर्स्याउँदै अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश फुयालको एकल इजलासले प्रहरी नियमावलीको नियम १२७ (घ) बमोजिमको ३० वर्षे अवधिको आधारमा सेवाबाट अवकास हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नू नगराउनु र त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्नू नगराउनू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।