जुवातास खेल्दाखेल्दै १३ जना पक्राउ

जुवातास खेल्दाखेल्दै १३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – प्रहरीले जुवातास खेल्दाखेल्दै १३ जनालाई पक्राउ गरेको छ ।

महागढीमाई नगरपालिका–१ बरियारपुर टोल बस्ने ५३ वर्षीय मोतिलाल प्रसादको घरमा जुवातास खेलिरहेको अवस्थामा मोतिलाल समेत १३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ७१ हजार ८२० रूपैयाँसहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।