‘दि ह्वाइट आर्क डेन्टल’मा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

‘दि ह्वाइट आर्क डेन्टल’मा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कुमारी बैंक र बाँसबारी काठमाडौंमा रहेको दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच सम्झौता भएको छ ।

कुमारी बैंकका ग्राहकलाई ह्वाइट आर्क डेन्टलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट दिइने सम्झौता भएको हो ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआर बाट भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै कुमारी बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुने जनाएको छ।

विगत २३ बर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकका देशभर  ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहेका छन् ।