एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष र सचिव एमालेमा फिर्ता

एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष र सचिव एमालेमा फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी काठमाण्डु जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव ध्रुवराज न्यौपाने लगायतका नेता–कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् ।

पार्टी विभाजन हुँदा एकीकृत समाजवादी रोजेका नेताहरू बुधबार पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् ।

एमाले फर्किएका नेताहरूलाई नेकपा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, काठमाण्डु जिल्ला इन्चार्ज आनन्द पोखरेल लगायतका नेताहरूले स्वागत गरे । पार्टीका १०० बढी नेता–कार्यकर्ता नेकपा एमालेमा फर्किएका एमाले स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले जानकारी दिए ।

एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्युरो सदस्य चयन भइरहँदा काठमाण्डुका प्रभावशाली नेताहरूले पार्टी परित्यागको घोषणा गरेका छन् । एकीकृत समाजवादी पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको गुनासो छ ।