राष्ट्रपतिले सुने जनताको गुनासो

राष्ट्रपतिले सुने जनताको गुनासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-राष्ट्रपति रामचन्द्र पौडेलले जनताको गुनासो सुनेका छन् ।

महिनामा एक पटक सार्वजनिकस्थलमा पुगेर जनताको जनगुनासो सुन्ने अभियानको सुरुवात राष्ट्रपति पौडेलले आजदेखि भक्तपुरबाट सुरु गरेका छन् ।

राष्ट्रपति निवास शीतल निवासले यही महिनादेखि थालेको महिनामा एकदिन ‘सार्वजानिकस्थलमा राष्ट्रपति’ नामक कार्यक्रम अन्तर्गत भक्तपुर दरबार क्षेत्र पुगेर उनले आज सर्वसाधारणको गुनासो सुनेका हुन् ।

कार्यक्रमअन्तर्गत पहिलो महिना उनी पत्नीसहित भक्तपुर दरबार स्क्वायर पुगेका हुन् । उनले विभिन्न देवीदेवताको दर्शनका साथै स्थानीयसँग पनि अन्तरक्रिया गरे ।

राष्ट्रपति पौडेललाई सर्वसाधारणले गैरजिम्मेवारीपन बढेको भन्दै अविभावकत्व लिन सुझाव दिएका छन् । धेरै नागरिक लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेताहरूको गैरजिम्मेवारीका कारण संकटमा पर्न लागेको भन्दै उनीहरूले अविभावकत्व लिन आग्रह गरेका हुन् ।

जवाफमा राष्ट्रपतिले आफूले शासन गर्ने नेताहरूलाई ध्यानाकर्षण गराउने बताए । ‘शासन सम्हालेका नेताहरूलाई म भन्नेछु,’ राष्ट्रपतिले भने ।

राष्ट्रपति पौडेलले राष्ट्रिय सम्पदाको निरीक्षण, सर्वसाधारणको जीवन शैली, नागरिकको अवस्थासहितका विषयमा थप जानकारी लिनेगरी प्रत्यक महिना एउटा सार्वजनिक स्थलमा जाने कार्यक्रम बनाएको त्यस अवसरमा बताए ।