निर्माणाधीन सेफ्टी ट्यांकीभित्र बेहोस भई ३ जनाको मृत्यु

निर्माणाधीन सेफ्टी ट्यांकीभित्र बेहोस भई ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका–७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ ।

स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा बेहोस भएका ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलका अनुसारका विनयी–त्रिवेणी गाउँपालिका–७ का स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो ।

सेफ्टी ट्यांकीभित्र ३ जना बेहोस भई लडिरहेको अवस्थामा उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकमध्ये २ जनाको शव भीम अस्पताल भैरहवा रुपन्देही र १ जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।