काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त भएका छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ भदौ १३ गतेको निर्णयबाट ऊर्जा क्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ का अधिकारीलाई वरिष्ठ ऊर्जा विज्ञमा नियुक्त गरिएको छ ।
इलेक्टिकल इन्जिनीयरिङ स्नातकोत्तर (डिग्री) हासिल गरी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त भएका अधिकारी झण्डै ३ दशकदेखि नेपालको ऊर्जा क्षेत्रको विकासमा क्रियाशील छन् ।
विशेषतः ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जा नीतिका ज्ञाता मानिने नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले शुक्रबारै मन्त्रालयमा पदभार समेत ग्रहण गरेका छन् ।




प्रतिक्रिया