काठमाण्डु – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफावार छलफल गरी पारित गरेको छ ।
राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक प्रतिनिधि सभाबाट २०८० भदौ ६ गते दफावार छलफलको लागि समितिमा प्राप्त भएको थियो ।
समितिमा टुंगिन बाँकी दफाहरू माथि छलफल गरी समितिमा प्रतिवेदन पेश गर्न समितिले २०८१ असार १३ गते सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा दीपा शर्मा र डिगबहादुर लिम्बु सदस्य रहेको ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।
उपसमितिले समितिसमक्ष पेश गरेको प्रतिवेदनमाथि समितिमा छलफल गरी शुक्रबार पारित गरेको छ । समितिबाट पारित विधेयक सभाको भदौ १८ गतेको बैठकमा पेश हुनेछ ।




प्रतिक्रिया