काठमाण्डु–प्रधानमन्त्री केपी शर्मा ओलीले क्याप्टेन रामेश्वर थापाको अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ को विमोचन गरेका छन् ।
काठमाडौं हल्चोकमा एक समारोहका बीच द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम इन्स्ट्रक्टर क्याप्टेन रामेश्वर थापाको युद्धस्थलका उद्धार भोगाइ एवं अनुभूतिमा आधारित अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ को प्रधानमन्त्री ओलीले विमोचन गरेका हुन् ।
समारोहमा बोल्दै ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल अब १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताएका छन्।
‘मैले सधैँ मै नेतृत्व गर्छु भनेर हुन्छ र? मलाई मन नपराउनेहरूका लागि खुसीको खबर भन्दिन चाहन्छु,’ प्रधानमन्त्री ओलीले अघि भने, ‘मेरो प्रधानमन्त्रीको कार्याकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी छ। मन पराउनेलाई खुसी हो।’‘त्यो भन्दा पनि हप्ता दिन अगाडि नै छाड्छु भनेको छु मैले। बढी खाउँ भन्ने हैन बरु समयमै हस्तान्तरण गरौँ भन्ने मेरो नीति छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ।
सो समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समेत उपस्थिति रहेको थियो ।




प्रतिक्रिया