विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् ।
विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपा माओवादी केन्द्रले औपचारिक रूपमा समर्थन फिर्ता लिएकाले संविधान र कानूनअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताए ।
प्रदेश सभामा कांग्रेस–एमालेको दुईतिहाइ भए पनि विश्वासको मत लिने उनले बताए । उनले माओवादी प्रतिपक्षमा रहे पनि जनताका मुद्दामा साथ र सहयोग पाउने विश्वास व्यक्त गरेका छन् ।




प्रतिक्रिया