कैलाली – प्रहरीले कैलालीको गोदावरी नगरपालिका–१ बनखेतस्थित सुरक्षा सामुदायिक वनमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गोदावरी नगरपालिका–२ बस्ने ४१ वर्षीय प्रेम रोकायासहित ४ जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ८८० रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको छ ।
जुतावास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया