भारतीय रक्षा महाविद्यालयको टोली काठमाडौँमा

भारतीय रक्षा महाविद्यालयको टोली काठमाडौँमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भारतीय राष्ट्रिय रक्षा महाविद्यालयको नेपाल भ्रमणमा आएको छ ।

रक्षा महाविद्यालयमा तालिम गरिरहेका शिक्षार्थीसहित ३६ सदस्यीय टोली आज काठमाडौँ आइपुगेको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रियर एडमिरल सन्दीप एस संधु, एनएमको नेतृत्वमा रहेको टोली ५ दिनका लागि नेपाल भ्रमणमा आएको हो ।

टोलीले काठमाडौँ, पोखरा, लुम्बिनी र जनकपुरस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको भ्रमण तथा अध्ययन गर्ने छ ।