कामु प्रधानसेनापति सिग्देल र इन्डियन नेशनल डिफेन्स कलेजकाे टाेलीबीच भेटवार्ता

कामु प्रधानसेनापति सिग्देल र इन्डियन नेशनल डिफेन्स कलेजकाे टाेलीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय नेशनल डिफेन्स कलेजका सिनियर डाइरेक्टिङ स्टाफ सन्दीप सिंह सीन्धुबीच शिष्टाचार भेटघाट भएको छ ।

जङ्गी अड्डामा आज भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयहरूमा छलफल भएको थियो ।

जङ्गी अड्डाको भ्रमणको अवसरमा भारतीय नेशन डिफेन्स कलेजका शिक्षार्थीहरूलाई नेपाली सेनाको बारेमा जानकारी गराइएको थियो ।

भ्रमण दलले नेपाली सेनाका केही इकाईहरूका साथै काठमाडौँ, पोखरा, लुम्बिनी र जनकपुरस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भारतीय नेशन डिफेन्स कलेजका फ्याक्लटि तथा उक्त कलेजमा सञ्चालन भइरहेको नेशनल डिफेन्स कोर्समा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थीहरू (काजकिस्तान, संयुक्त राज्य अमेरिका, भुटान, ओमान, अस्ट्रेलिया, जापान र भारत) सम्मिलित २० सदस्यीय भ्रमण दल पाँच दिने अध्ययन भ्रमणको क्रममा भाद्र १६ गते नेपाल आएको हो ।