पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा बंगलादेशकाे ‘क्लीन स्वीप’

पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा बंगलादेशकाे ‘क्लीन स्वीप’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज ‘क्लीन स्वीप’ गरेको छ ।

सिरिजको दोस्रो टेस्टको पाँचौं दिन मंगलबार बंगलादेशले ६ विकेटले जित हासिल गर्दै सिरिज २–० ले क्लीन स्वीप गरेको हो ।

पाकिस्तानले दिएको १८५ रनको लक्ष्य पछाएको बंगलादेशले ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यस टेस्टको पहिलो इनिंगमा पाकिस्तानले २७४ रन बनाएको थियो भने बंगलादेशले आफ्नो पहिलो इनिंगमा २६२ रन बनाएको थियो ।

त्यसपछि पाकिस्तानले दोस्रो इनिंगमा १७२ रन बनाएर अल आउट भएपछि बंगलादेशले १८५ रनको लक्ष्य पाएको थियो।

यस अघि बंगलादेशले पाकिस्तानविरुद्ध पहिलो पटक टेस्ट खेल जितेको थियो । बंगलादेशले सिरिजको पहिलो टेस्ट १० विकेटले जितेको थियो ।