रविलाई शंकर पोखरेलको कटाक्ष–सिइओलाई आफ्नो कम्पनीमा पैसा कहाँबाट आउछ थाहा हुन्न ?

रविलाई शंकर पोखरेलको कटाक्ष–सिइओलाई आफ्नो कम्पनीमा पैसा कहाँबाट आउछ थाहा हुन्न ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेलाई लक्षित गर्दै वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो ? भन्दै टिप्पणी गरेका छन्।

कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ जानकारी नै नराखी बिना लगानी सेयर होल्डर बन्न नमिल्ने उनको भनाइ रहेको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ। अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र?