दाङका प्रजिअ फेरिए, जुम्लाका तानिए

दाङका प्रजिअ फेरिए, जुम्लाका तानिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले दाङको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । दाङमा प्रमुख जिल्ला अधिकारी रहेका रामबन्धु सुवेदीलाई मन्त्रालयमा तानेर मन्त्रालयबाट सहसचिव कृष्णप्रसाद लम्साललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो ।

यसअघि धादिङ र नवलपुरको प्रमुख जिल्ला अधिकारी भएका लम्साललाई दाङ प्रशासनको जिम्मेवारी दिइएको हो ।

गृह मन्त्रालयले बुधबार नै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको छ । तर, जुम्लामा भने कसैलाई पठाएको छैन ।