काठमाण्डु–चन्द्रागिरि केवलकार चल्दाचल्दै रोकिएको छ । आज दिउँसो ३ बजेदेखि प्राविधिक समस्याका कारण चल्दाचल्दै केवलकार रोकिएको हो ।
केवलकार रोकिएपछि १५ सय बढी यात्रु बीचमै अड्किएका छन् ।
मानिसहरू अड्किएपछि चन्द्रागिरि केवलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको चन्द्रागिरि केवलकारको तल्लो स्टेनले जानकारी दिएको छ ।
‘टेक्निल फल्डका कारण समस्या आएको हो, केवलकारमा अड्किएकाहरूलाई इमर्जेन्सीबाट झार्ने काम भइरहेको छ ।सबैजना सुरक्षित हुनुहुन्छ’ चन्द्रागिरि केवलकारका सिइयो अरुण प्रधानले भने ।
यसअघि साउन २ गतेपनि केवलकार रोकिँदा यात्रुहरू बीचमै अड्किएका थिए ।




प्रतिक्रिया