राप्रपामा विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर

राप्रपामा विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका विभागको जिम्मेवारी हेरफेर गरेका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय संगठन विभागको प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । स्थानीय तह परिचालन विभागको प्रमुखमा उपाध्यक्ष ध्रुवबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आईटी) प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई जिम्मेवारी तोकिएको छ ।