प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड सहयोग

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुुई करोड रुपैयाँ सहयोग गरेको छ ।

बैंकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा बैँक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न चेक हस्तान्तरण गरेको हो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि उनले आग्रह गरे ।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाख रुपैयाँको चेक हस्तान्तरण भएको थियो ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी रहेको छ ।