अब पशुपतिमा रहेको धर्मशालाको व्यवस्थापन विकास कोषले नै गर्ने

अब पशुपतिमा रहेको धर्मशालाको व्यवस्थापन विकास कोषले नै गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ।

आइतबार बसेको पशुपति विकास कोष सञ्चालक परिषद्‌को बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा बसेको कोषको बैठकमा परिषद् सदस्य काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको  पनि उपस्थिति रहेको थियो ।

यसअघि उक्त धर्मशाला लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रूपमा मनोमानी सञ्चालन गरिरहेको थियो।

यसअघि मारबाडी सेवा समितिले पशुपति विकास कोषविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। असोज १६ गते गरिएको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले उक्त निर्णय गरेको हो।