आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज पनि सुनको भाउ घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीका मूल्यमा पनि आज गिरावट आएको छ। हिजो चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।