झगडा हुँदा घाइते भएका युवकको मृत्यु

झगडा हुँदा घाइते भएका युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा – जिल्लाको विगु गाउँपालिकामा झगडापछि घाइते भएका १ युवकको मृत्यु भएको छ ।

विगु गाउँपालिका–२ वराङका २२ वर्षीय धीरज ठकुरीको मृत्यु भएको हो ।

स्थानीयका अनुसार २ दिनअघि गाउँकै २९ वर्षीय नारायण तामाङसँग झगडापछि ठकुरी घाइते भएका थिए । उपचारका लागि सिंगटी प्राथमिक अस्पताल भर्ना गरिएकोमा ठकुरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अस्पतालको प्रारम्भिक ‘एक्सरे रिपोर्ट’मा मृतकको छातिको दाहिने भागमा रगत र पानी जमेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

मृतकको शव परीक्षणका लागि सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल ल्याइएको छ । ठकुरीसँग झगडा गरेका तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले घटनाबारे अनुसन्धान भइरहेको र शव परीक्षण रिपोर्ट पश्चात मृत्युको कारण खुल्ने प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए ।